प्रहरीद्धारा घरदैलो कार्यक्रम

  ।   १६ आश्विन २०७७, शुक्रबार २०:२७
मनोज डाँगी,
असोज १६ .
“नगरौ बाल बिबाहका कुरा, पुगेको छैन २० बर्ष उमेर पुरा” भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाल बिवाह न्युनिकरण सम्बन्धि जनचेतना अभिबृदी गर्ने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले घर दैलो कार्यक्रम सुरु गरेको छ । जस अन्तर्गत पहिलो दिन आज पन्चपुरी नगरपालिका वडा न ५ र ६ का गाउँ बस्तिमा घर दैलो कार्यक्रम सप्पन्न गरेको छ।
ईलाका प्रहरी कार्यालय बाबियाचाैरका प्रहरी सहायक निरीक्षक हरिष साउद र राजेश के.सी, त्यसै गरि पन्चपुरी नगरपालिका नगर कार्य समिती सदस्य रुक्मी देवकोटा, सोही नगरपालिका वडा न ६ का वडा अध्यक्ष खडग बहादुर थापा,आवाज सस्था बाबियाचौरका प्रमुख तेज बहादुर रोकाय र समूह प्रा.वि.बाबियाचौरका प्रधानाध्यापक प्रेम बिष्ट समेतको उपस्थितिमा घर दैलो कार्यक्रम अन्तर्गत  वडा न ५ र ६ का बस्तीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख राम सिंह बिष्टका अनुसार यस घर दैलो अभियानबाट शान्तिपुर्ण र अपराध रहित समाज निर्माणमा टेवा पुग्ने, जनस्तरमा जनचेतनाको बिकासका साथै आम नागरीकको भावना र समस्या घर दैलोमा गई नजिकबाट उनिहरुका गुनासो बुझी आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन सक्ने बिश्वास लिएको बताउनु भयो ।

Next Post

पछिल्लो २४ घण्टामा आजसम्मकै उच्‍च २७ सय २२ संक्रमित थपिए

१६ आश्विन २०७७, शुक्रबार २०:२७
पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी २७ सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको छ। पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज […]