लोहोरे खोलामा टिप्पर खस्दा दुईको मृत्यु एक घाइते

  ।   ४ कार्तिक २०७७, मंगलवार १६:२३

कर्तिक ४, दैलेख ।

दैलेखको गुराँस गाउँपालिकाको बान्द्रेमा टिप्पर दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । सियाकोट–तल्लोडुंगेश्वर सडक खण्डको बान्द्रेमा सुर्खेत आउँदै गरेकाे टिप्पर दुर्घटनाहुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । एक जना भने घाइते छन् ।

टिप्पर सडकबाट लोहोरे खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

‘टिप्पर नम्बर र मृत्यु हुनेको पहिचान खुलेको छैन्’ डिएसपी श्रेष्ठले भने, ‘प्रहरी भर्खरै घटनास्थलमा पुगेकाले केही समयमा विस्तृत विवरण आइपुग्छ ।’

स्थानीयका अनुसार टिप्पर सडकबाट झण्डै तीन सय मिटर तल खोलामा खसेको छ । घाइतेकाे तल्लाेडुंगेश्वरकाे स्थानीय मेडिकलमा उपचार भइरहेकाे छ ।

Next Post

असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

४ कार्तिक २०७७, मंगलवार १६:२३
कर्तिक ४, धनगढी ।    धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका  ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा […]

सम्बन्धित