श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  ।   २५ बैशाख २०८०, सोमबार ०६:५७

बैशाख-२५, झापा । झापामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्। कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा डेरा गरी बस्ने ४५ वर्षीया सुनिता कार्कीको कुटपिटबाट उनका श्रीमान् ५३ वर्षीय टेकबहादुर कार्की मृत्यु भएको हो।

घटना बैशाख ८ गते बेलुका घटेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। प्रहरीका अनुसार  घरायसी विवादको क्रममा सुनिताले उनका श्रीमानलाई फलामको रड प्रहार गरी सख्त घाइते भएका थिए। उनको आइतबार बिहान घरमै मृत्यु भएको डीएसपी रिजालले जानकारी दिए।

टेकबहादुरको मृत्युपछि सुनितालाई प्रहरीले पक्राउ गरेको छ। ‘कुटपिटबाट घाइते टेकबहादुरलाई प्रादेशिक अस्पताल भद्रपुर लगेर उपचार गराइएको र उपचारपश्चात् घर लगिएको थियो। त्यहाँ नै उनको मृत्यु भयो,’ डीएसपी रिजालले भने। टेकबहादुरको शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

Next Post

दुई लाखकाे जागिर लगाइदिन्छु भनेर ३१ लाख ठगी गर्ने तामाङ पक्राउ

२५ बैशाख २०८०, सोमबार ०६:५७
बैशाख-२५, काठमाडौ । कम्बोडिया पठाएर दुई लाखको जागिर मिलाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौंको नयाँबसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामाङलाई पक्राउ गरी आइतबार सार्वजनिक […]

सम्बन्धित