भेरी नदिको किनारमा युवक मृत फेला

  ।   १८ कार्तिक २०७७, मंगलवार १६:२२

मनोज डाँगी 

कार्तिक १८, सल्यान ।

सोमवार राति सल्यानको कुमाख गाउँपालिका वडा नं १ भित्रिवन चौर स्थित भेरी नदीको किनारमा २७ वर्षिय एक युवक मृत फेला परेका छन्।

मृत्यु हुनेमा जाजरकोट भेरी गाउँपालिका वडा नं ४ बस्ने  मधु बहादुर शाही रहेका छन् । करिब ९/१० दिन पहिले घरबाट निस्किएर बेपत्ता भएका शाही भेरी नदीको किनारामा मृत अवस्थामा फेला परेका हुन्।

लाश जाँच प्रकृति मुचुल्का गरी पोष्टमार्टम तथा आवश्यक अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय जाजरकोट तर्फ पठाईएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिएका दिए ।

Next Post

थप ३ हजार १ सय १४ जना संक्रमीत, ३ हजार १ सय ४२ डिस्चार्ज

१८ कार्तिक २०७७, मंगलवार १६:२२
काठमाडौं, १८ कात्तिक । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ११४ जनालाई कोरोना पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ […]