चुरोट तान्ने विषयमा विवाद हुँदा एक युवकको मृत्यु

  ।   २९ बैशाख २०८०, शुक्रबार ०६:२८

बैशाख-२९, धनुषा । धनुषामा चुरोट तान्ने विषयमा विवाद हुँदा भएको कुटपिटमा एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–७, बस्ने २४ वर्षीय मो. गुलाम मंसुर भन्ने रवानी मंसुरको आफ्नै साथीहरुबीच चुरोट तान्ने विषयको विवादमा कुटपिट हुँदा मृत्यु भएको हो । मंगलबार राति मंसुर र उनका साथीहरूबीच जनकपुरधाम उपमहानगरपालिका–२३, लादोबेलास्थित एक घरमा मदिरा सेवनपश्चात चुरोट तान्ने विषयमा विवाद भएको थियो ।

जनकपुरधाम–७, जानकीनगरका २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राइन, जनकपुरधाम – ८ बस्ने ३१ वर्षीय राजकुमार साह र धनुषा नगराइन नगरपालिका– २ बस्ने २१ वर्षीय जितेन्द्रकुमार मण्डलबीच चुरोट तान्ने विषयमा विवाद भई कुटाकुट भएको थियो । सोही क्रममा मंसुर घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते मंसुरलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याएर तिवारी फरार भएका थिए ।

बुधबार बिहान १० बजे मंसुरको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । घटनामा ४ जनालाई पक्राउ गरिए पनि प्रहरीले अहिलेसम्म २ जनालाई सार्वजनिक गरेको छ । मृतकसहित ४ जना मंगलबार भारतीय बजार जटहीबाट लागुऔषध सेवन गरी साँझ मात्र जनकपुर आएको अनुसन्धानमा खुलेको उनले बताए । घटनाको थप अनुसन्धान भइहेको उनले बताए ।

Next Post

दैलेख आगलागी : एक जनाको मृत्यु, एक जनाको अवस्था अँझै गम्भीर

२९ बैशाख २०८०, शुक्रबार ०६:२८
बैशाख-२९, दैलेख । दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा बुधवार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते दैलेख आठविस –६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । भेरी अस्पतालमा उपचाररत विकको बुधवार राती मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल […]