थप ३ हजार १ सय १४ जना संक्रमीत, ३ हजार १ सय ४२ डिस्चार्ज

  ।   १८ कार्तिक २०७७, मंगलवार १७:२३

काठमाडौं, १८ कात्तिक ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ११४ जनालाई कोरोना पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

यस्तै २४ घण्टामा ३ हजार १४२ जना कोरोनामुक्त भएका छन् । हालसम्म १ लाख ४१ हजार १३४ जनाले कोरोना जितेका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

Next Post

कर्णालीमा आज संक्रमीत हुने भन्दा डिस्चार्ज हुनेको संख्या करिब ३ गुणा धेरै

१८ कार्तिक २०७७, मंगलवार १७:२३
कार्तिक १८,सुर्खेत । कर्णाली प्रदेशमा थप ६१ जनामा कोरोना पुष्टि भएको छ । यीमध्य सबैभन्दा बढी सुर्खेतका ३३ जना छन् । यस्तै दैलेखका १३, जुम्लाका ३, सल्यानका २, मुगु र रुकुम पश्चिमका १/१ जना र अन्य प्रदेशका ८ जना छन् । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा […]