भेरी नदिमा डुबेर बालकको मृत्यु

  ।   १ कार्तिक २०७७, शनिबार १८:३५

सल्यान कार्तिक १

मनोज डाँगी ।

सल्यानमा भेरी नदिमा डुवेर एक बालकको ज्यान गएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा न-२, राइराका १० वर्षीय बालक मनोज विस्टको भेरी नदिमा डुबेर मृत्यु भएको हो ।

बिहान घरबाट बाख्रा चराउन भेरी नदितिर गएका उनी पौडी खेल्ने क्रममा भेरी नदिमा बेपत्ता भएका थिए । बेपत्ता भएका बालकको खोजी कार्य गर्ने क्रममा दिउँसो मृत फेला परेको मृतक बालकका बुवा हरिभान विष्टले जानकारी दिए ।

Next Post

दैलेख जिल्ला अस्पताल सिल

१ कार्तिक २०७७, शनिबार १८:३५
कार्तिक २, दैलेख ।  दैलेख जिल्ला अस्पताल सिल गरिएको छ । जिल्ला अस्पताल दैलेखमा कार्यरत १ जना चिकित्सक, ११ जना स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरु समेतलाई कोरोना संक्रमण देखिएकोले कार्तिक १ गतेदेखी ४ गतेसम्मको लागि सिल गरिएको हो । इमर्जेन्सी सेवा बाहेक अन्य सबै सेवाहरु ४ दिनको लागि बन्द गरिएको जिल्ला […]