भोलिदेखी कोभिड-१९ को प्रेस ब्रीफिङ नहुने

  ।   ६ कार्तिक २०७७, बिहीबार १८:१५

कार्तिक ६, काठमाडौ ।

भोलि देखि ५ दिनसम्म स्वास्थ्य मन्त्रालयले कोभिड-१९ सम्बन्धी प्रेस ब्रीफिङ नगर्ने भएको छ ।

गएको चैतको दोस्रो हप्तादेखि स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङ दशैँ बिदा परेकाले भोलि ७ गतेदेखि ११ गतेसम्म रोकिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

कात्तिक १२ गतेदेखि थप परिष्कृत गरी मिडिया ब्रिफिङलाई निरन्तरता दिने उनको भनाइ छ । दशैँको बिदाका समयमा दिउँसो चार बजे नै मन्त्रालयको वेबसाइट र सामाजिक सञ्जालमा कोरोना अपडेट गराइने छ ।

Next Post

आज बडादशै, टिकाको उत्तम साइत बिहान १०: १९ मा

६ कार्तिक २०७७, बिहीबार १८:१५
कार्तिक १०, दैलेख । नेपाली हिन्दुधर्मावलम्बीको सबैभन्दा ठूलो पर्वको रुपमा मनाइने बडादशै पर्व आज सबैको घरघरमा हर्षोउल्लासका साथ मनाइदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज देवी विर्सजनको साइत विहान १० बजेर ११ मिनेटमा रहेको छ । त्यसैगरी टीकाको उत्तम साइत बिहान १०ः१९ बजे रहेको समितिले जनाएको छ । […]