बलात्कार प्रयास गर्दा गयो ज्यान

  ।   २९ आश्विन २०७७, बिहीबार २१:४७

असोज २९, धनकुटा । 

बलात्कार प्रयास गर्ने पुरुषलाई एक महिलाले हत्या गरेकी छन् । धनकुटाको महालक्ष्मी नगरपालिका-१, स्थित आफ्नै घरमा सुतेकी ३० वर्षीया कमला गुरुङले बलात्कार प्रयास गर्ने स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् ।

धनकुटा प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक गोबिन्द अधिकारीका अनुसार स्थानीय लीलबहादुरले कमलालाई घरमा सुतेको अवस्थामा बलात्कार प्रयास गर्दा खुकुरी प्रहारबाट मृत्यु भएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा कमला राती घरमा सुतिरहेको अवस्थामा लीलबहादुरले ढोका ढकढक्याएका थिए । ढोका नखोलेपछि चुक्कुल फुत्काएर घरभित्र गई बलात्कार प्रयास गर्दा कमलाले प्रतिकार गर्न खुकुरी प्रहार गरेकी थिइन् । त्यसपछि उनको टाउकोमा गम्भीर चोट लागेको थियो । बुधबार बिहान स्थानीय लाहुरे खोल्सीमा उनको शव फेला परेको हो ।

अहिले मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Next Post

निर्मला प्रकरण : डीएसपी जिसीको निलम्बन फुकुवा

२९ आश्विन २०७७, बिहीबार २१:४७
असोज ३०, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बन परेका डीएसपी अंगुर जिसीको निलम्बन फुकुवा भएको छ। बिहीबार गृह मन्त्रालयले डीएसपी जिसीको निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको छ। निर्मला बलात्कारपछि हत्यामा सुरुका आरोपी दिलिप सिंह विष्टलाई यातना दिएको भन्दै […]

सम्बन्धित