भक्तपुरको मनोहरा खोलामा बाढी उर्लिंदा किनारका टहरा जलमग्न

  ।   २९ भाद्र २०८३, सोमबार २२:४२

सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको मनोहरा खोलामा आएको बाढीले किनारका बस्तीहरू डुबानमा पारेको छ।

खोलामा पानीको सतह ह्वात्तै बढेर नदी किनारका अस्थायी टहरा तथा घरहरूमा भेल पसेपछि स्थानीय प्रशासन र प्रहरीले जोखिममा परेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

बाढीको बहाव बस्तीतर्फ सोझिएलगत्तै प्रभावित क्षेत्रमा ठूलो संख्यामा प्रहरी टोली परिचालन गरिएको छ त्यहाका मानिसहरु सुरछित स्थानतिर लागेका छन् ।

Next Post

दुई लाख घूससहित विव्यस सदस्य बम रङ्गेहात पक्राउ, भ्रष्टाचार मुद्दा दायर

२९ भाद्र २०८३, सोमबार २२:४२
कैलालीको गौरीगंगा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सेवाग्राहीलाई थप सेवा सुविधा र पारिश्रमिक दिलाइदिने नाममा दुई लाख रुपैयाँ घूस लिएको अभियोगमा उनीविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो। अख्तियारका अनुसार बमले विद्यालय व्यवस्थापन समितिको […]