देश सेवा सङ्गै बिरामीको सेवामा जुट्दै नेपाली सेना

  ।   १८ कार्तिक २०७७, मंगलवार ११:१४

मनोज डाँगी
सल्यान, १८ कात्तिक ।
नेपाली सेनाको सबुज गण सल्यानले ब्लड बैंककै रुपमा स्थानीयलाई सहयोग गर्दै आएको छ । जिल्लामा ब्लड बैंक नहुदा बेला बेला सेनाले सहयोग गर्छ ।अन्तिम अवस्था ,जटिल अवस्थाका बिरामीलाई ब्लड चाहिएमा अस्पताल तथा स्थानीयबासि नेपाली सेनालाई नै गुहार्ने गर्छन् ।

हुन त पहाडी जिल्ला तथा ब्लड बैंकको सुविधा नभएका ठाउँमा अन्यत्र पनि सेनाले ब्लड दिने गर्दै आएको छ ।
यस सन्दर्भमा सल्यानमा बिरामी र सेनाको सम्बन्ध घनिष्ठ सँग जोडिएको छ । सुत्केरीलाई ब्लड दिएर धेरै महिलाको ज्यान बचेको छ ,एक स्थानीयले भने ,हाम्रो लागि ब्लड बैंक भनेकै सेना बनेको छ ।
केही दिन अगाडि एक सुत्केरी महिलाको ज्यान बचाउन आवश्यक परेको ब्लड पनि नेपाली सेनाले उपलब्ध गराएको थियोे । `हामी कहाँ खबर आउने बित्तिकै हामी तुरुन्तै सहयोग गर्छौ´, सेनानी राजेश कार्कीले भने । त्यसैगरी कपुरकोट गाउँपालिका ५, रिम स्थायी ठेगाना भएकी वर्ष ३५ की गोमा पुन मगरको दुवै मृगौला फेल भई थप रगतको आवश्यक परेकाले निजलाई सोमबार श्री सबुज गणमा कार्यरत गोर्कण खड्का, मिलन राई र किरण बुढा मगरले एक/एक पौण्ड रगत सहयोग गरेका छन ।हाल उक्त महिलाको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार भईरहेको छ ।
सल्यान जिल्लामा कोभिड १९ को महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा रही कार्य संचालन गर्दै आईरहेको नेपाली सेनाको श्री सबुज गणले अन्य विभिन्न जनहित कार्य एवम् स्थानिय जनताको स्वास्थ्य अवस्था सुधारको लागि माग हुने गरेका रक्तदान जस्ता आवश्यक सहयोग समेत गर्दै आईरहेको छ । साथै, भविष्यमा यस प्रकारका जनहितका कार्य संचालन गर्न श्री सबुज गण सदैव तत्पर रहेको जानकारी समेत गराएको छ। सबुज गण सल्यान प्रमुख गण पति कंचन बस्नेतले जानकारी दिएका छ्न ।

Next Post

ओलीको ठाउँमा अर्को व्यक्ति आउँदैमा देशले संकटबाट निकास पाउँदैन : कमल थापा

१८ कार्तिक २०७७, मंगलवार ११:१४
कार्तिक १८, काठमाडौं । राप्रपा अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल वा शेरबहादुर देउवा आए पनि देशले संकटबाट निकास नपाउने बताएका छन् । उनले समस्याको चक्रब्यूहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र र अवधारणामा सुधार गर्नुपर्ने दावी गरे । मंगलवार ट्वीट गर्दै […]