३० सेकेन्ड मै कोरोना भाइरस मार्ने उपकरण बनेको बैज्ञानिकको दाबी

  ।   २७ कार्तिक २०७७, बिहीबार १४:३९

एजेन्सी ।

अमेरिकी वैज्ञानिकले ३० सकेन्डमै कोरोना भाइरस मार्ने प्रविधि विकास गरेका छन्।

अमेरिकाको लस एन्जल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले तुरुन्तै कोरोना मार्न सक्ने  ‘प्लाज्मा जेट’ नामको उपकरण बनाएको डेलिमेल अनलाइन पत्रिकाले जनाएको छ।

उक्त अनलाइनका अनुसार थ्रिडी प्रिन्टरबाट प्रेसर प्लाज्मा जेटको स्प्रे बनाई प्रयोग गर्दा सफल भएको  ‘फिजिक्स अफ फ्लुड्स’मा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ।

यो प्लाज्मा जेटले धातु, छाला र प्लास्टिकजस्ता ६ किसिमका सतहमा रहेका कोरोना भाइरसलाई ३० सेकेन्डभित्रै मार्न सक्ने वैज्ञानिकले दाबी गरेका छन्।

यो स्प्रे मास्कमा पनि प्रयोग गरिएको र उही समयमा भाइरस मार्न सफल देखिएको वैज्ञानिकले बताएका छन्।

अब उपकरण कोरोनाविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण हतियार हुने अपेक्षा वैज्ञानिकले गरेका छन्।

Next Post

भिरबाट लडेर एक सैनिकको मृत्यु

२७ कार्तिक २०७७, बिहीबार १४:३९
कार्तिक २७, जाजरकोट । भीरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु भएको छ । ब्यारेक फर्कने क्रममा बुधबार राति कञ्चनपुर  महेन्द्रनगर नगरपालिका– ३ तिलकपुर घर भएका नेपाली सेनाका जवान निर्मल बोहराको मृत्यु भएको हो । सेनाका अनुसार घर बिदामा गएका बोहरा जाजरकोटस्थित मालिका ब्यारेक आउँदै गरेका थिए । अप्ठ्यारो बाटोबाट रातिको समयमा ब्यारेक […]