भिरबाट लडेर एक सैनिकको मृत्यु

  ।   २७ कार्तिक २०७७, बिहीबार १७:०३

कार्तिक २७, जाजरकोट ।

भीरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु भएको छ ।

ब्यारेक फर्कने क्रममा बुधबार राति कञ्चनपुर  महेन्द्रनगर नगरपालिका– ३ तिलकपुर घर भएका नेपाली सेनाका जवान निर्मल बोहराको मृत्यु भएको हो ।

सेनाका अनुसार घर बिदामा गएका बोहरा जाजरकोटस्थित मालिका ब्यारेक आउँदै गरेका थिए ।

अप्ठ्यारो बाटोबाट रातिको समयमा ब्यारेक जान खोज्दा गलत बाटो प्रयोग गर्दा लडेर घाइते अवस्थामा पुगेका उनलाई स्थानीय यातायात व्यवसायीले उद्धार गरेर जिल्ला अस्पताल पुऱ्याएका थिए ।

तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले मदिरा सेवन गरेको पाइएको छ ।

Next Post

बैतडीमा बस दुर्घटना : ९ को मृत्यु, ४५ घाइते

२७ कार्तिक २०७७, बिहीबार १७:०३
कार्तिक २७, दार्चुला । बैतडीको गन्‍नाबाट छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदुत यातायातको यात्रुवाहक बस बिहीबार राति बैतडीको खोडपेमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अरु ४५ जना घाइते भएका छन्। घाइतेहरुलाई उद्धार गरी राति नै डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको छ । घटनास्थलमा राति नै बैतडी प्रहरी […]