प्रहरी जवानका लागि ५ हजार बढी पदमा भर्ना खुल्यो

  ।   ३० आश्विन २०७७, शुक्रबार ११:३०

काठमाडौं  असोज ३० ।  

नेपाल प्रहरीले प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ ।

प्रहरीले खुला, अमर/अशक्त प्रहरी परिवार र समावेशी अन्तर्गत ५ हजार २ सय २७ जना प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको हो ।
प्रहरी जवान पदका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ ।

प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।
देशभरका  ७७ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर)मा दरखास्त बुझाउन सकिने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागको भर्ना छनौट महाशाखाले जानकारी दिएको छ ।

Next Post

पत्रकार बुढाथोकीद्वारा आर्थिक सहयोग हस्तान्तरण

३० आश्विन २०७७, शुक्रबार ११:३०
सल्यान, ३० असोज । ब्रेन ट्युमर रोगबाट पिडित सल्यानकी एक महिलालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १०, मदाना, भँगारचौर निवासी ३४ बर्षिया ब्रेन ट्युमर रोगबाट ग्रसित दिपा कवरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । बिहिवार सल्यानको खलंगामा बिभिन्न क्षेत्रमा क्रियाशिल युवाहरुद्धारा संकलित २५ हजार […]

सम्बन्धित