सामुदायिक वनभित्र बन्दुक पड्किँदा एक जनाको मृत्यु

  ।   ३ भाद्र २०८३, बुधबार १८:३५

कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया–३ का विश्वकर्माको गए राति सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु भएको जानकारी दिए। उनले विश्वकर्मासँगै जङ्गल गएका एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनास्थलको अनुसन्धान जारी रहेको बताए। प्रहरी निरीक्षक विष्टका अनुसार बन्दुक कसले र किन चलाएको तथा विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो भन्ने एकीन हुन सकेको छैन।

Next Post

कैलालीको चौरीमा एक जना मृत अवस्थामा फेला परेका छन्

३ भाद्र २०८३, बुधबार १८:३५
कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–५ चौरीमा ५८ वर्षीय मानबहादुर विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार उनी आफ्नै घर नजिकैको नालामा मृत भेटिएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।