३ दिनदेखि बेपत्ता बालकको जङ्गलमा शव भेटियो

  ।   १३ असार २०८३, शनिबार ०७:१६

धनगढीमा तीन दिनदेखि बेपत्ता एक बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविरका निमेश चौधरी र राधा चौधरीका १० वर्षीय छोरा तनुज चौधरीको हत्या गरेको अवस्थामा शुक्रबार स्थानीय जंगलमा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका कैलालीका अनुसार प्रहरी र स्थानीयले खोज्न क्रममा जंगलमा मृत भेटिएका हुन्। उनले चढ्दै आएको साइकल समेत शव नजिकै फेला परेको छ । उनको शव भेटिएको स्थानमा रगत लत्तपतिएका ढुंगा पनि भेटिएका छन्। बालकको शव आधा सडेको अवस्थामा रहेको छ।

प्रहरीले बालक मृत भेटिएको घटनाको अनुुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थल सिल गरेर घटनास्थलको अनुसन्धान कार्य गरिरहेको छ । मृतक चौधरी उर्मा बोर्डिङ स्कुलमा दुई कक्षामा अध्ययन राता थिए ।

Next Post

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

१३ असार २०८३, शनिबार ०७:१६
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो । शुक्रवार उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागी पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएपी) अनुपम शमशेर जबराले बताए । हात्तीगौंडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल […]