
बिनु भारती/दैलेख
दैलेखमा चट्याङले लागेर दुई जना घाइते भएका छन् । नेकपा एमाले जिल्ला कमिटि दैलेखका सदस्य ४८ बर्षीय यामनारायण उपाध्याय र उनका पत्नि ४५ बर्षीया बसन्ता उपाध्याय घाइते भएका हुन् ।
आज बिहान नारायण नगरपालिका–६, काँडाचौरस्थित घरको आँगनमा बसिरहेका बेला चट्याङले लागेर यामनारायण र बसन्ता घाइते भएको र दुवै जनाको झण्डै एक घण्टापछि होस खुलेको एमाले नेता जनक न्यौपानेले जानकारी दिए ।
उनिहरुको अहिले दैलेख अस्पतालमा उपचार भईरहेको छ । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको दैलेखका प्रहरी निरिक्षक ईन्द्रजीत सुनारले जानकारी दिए ।


