सल्यान, ३० असोज ।
ब्रेन ट्युमर रोगबाट पिडित सल्यानकी एक महिलालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १०, मदाना, भँगारचौर निवासी ३४ बर्षिया ब्रेन ट्युमर रोगबाट ग्रसित दिपा कवरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
बिहिवार सल्यानको खलंगामा बिभिन्न क्षेत्रमा क्रियाशिल युवाहरुद्धारा संकलित २५ हजार ६ सय ५५ रुपैँया पत्रकार मिना बुढाथोकीले दिपाका श्रीमान लोक बहादुर कवरलाई हस्तान्तरण गरेकि हुन् ।
युवा रोषण कवरको नेतृत्वमा नेपालका बिभिन्न ठाँउ तथा मलेसियामा रहेका सल्यानी युवाले संकलन गरेको रकम हस्तारन्तरण गरिएको बुढाथोकीले जानकारी दिइन् । झण्डै १० बर्ष देखी औषधि सेवन गर्दै आएकी दिपालाई सल्यान, दाङ, नेपालगन्ज, भैरहवा, काठमाण्डौँमा उपचारको लागी लिएपनि अझै सन्चो नभएको उनका श्रीमान लोक बहादुरले जानकारी दिए ।
उनले श्रीमतीको उपचार कार्यमा अहिले सम्म झण्डै ५ लाख रुपैँया सकिएको जानकारी दिए । चिकित्सकले ब्रेन ट्युमर भएको र यसको शल्यक्रिया गर्नुपर्ने बताएको उनको भनाई छ । शल्यक्रिया गर्न झण्डै ३ लाख बढी खर्च हुने तर आफुसँग पैसा नहुदाँ समस्या भएको उनले दुखेसो पोखे । आबश्यक पैसाको जोहो गरेर श्रीमतीको उपचारको लागी काठमाण्डौँ लैजाने तयारी भैरहेको समेत उनले जानकारी दिए ।



