ढुंगाना परिवारलाई पत्रकार रावलको सहयोग

  ।   १० भाद्र २०८३, बुधबार १२:४८

कैलालीको पत्रकार बिरेन्द्र रावलले आगलागी एक पिडित परिवारलाई सहयोग गरेका छन् । मोहन्याल गाउँपालिका वडा नम्बर ३ मुलेकाँडा बस्ने आगलागी पीडित देविसरा ढुंगानाको परिवारलाई खाद्यान्नका साथै घरको छाना ढाक्न त्रिपाल सहयोग गरेका हुन् ।
मोहन्याल गाउँपालिका वडा नम्बर ३ मुलेकाँडा बस्ने ढुङ्गानाको परिवारलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं वरिष्ठ पत्रकार वीरेन्द्र रावलले सो सामग्री वितरण गरेको हुन् ।
फलेबिसौनाबाट एक घण्टाको पैदल यात्रा गरेर पीडितको घर सम्म पुगेर पत्रकार रावलले राहत सामग्री परिवारलाई हस्तान्तरण गरेको थिए।
हालै मात्र आगलागीबाट ढुङ्गानाको एउटा घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो। विगत लामो समयदेखि असहाय विपन्न वर्गहरुलाइ बेलाबेलामा रावलले व्यक्तिगत तर्फबाट राहतहरु वितरण गर्दै आएका छन्।

Next Post

रसुवा बाढी : तीन प्रहरी चौकी बगे, ३५ प्रहरी सम्पर्कविहीन

१० भाद्र २०८३, बुधबार १२:४८
रसुवामा आएको भीषण बाढीका कारण तीन प्रहरी चौकीमा क्षति पुगेको छ भने ३५ जना प्रहरी अझै सम्पर्कविहीन छन्। बाढीले प्रहरी चौकी तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान ९ः१५ बजेसम्म रसुवागढी गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी र […]