कर्णालीमा कोरोनाका कारण चौधौं ब्यक्तिको मृत्यु

  ।   ४ कार्तिक २०७७, मंगलवार १५:२९

कार्तिक ४ सुर्खेत । 

कर्णाली प्रदेशमा कोरोनाका कारण चौधौं ब्यक्तिको मृत्यु भएको छ ।

बिरेन्द्रनगर नगरपालिका-८, सुर्खेत निवासी ८६ बर्षिया महिलाको आज कोरोनाका कारण मृत्यु भए सङ्गै यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको हो ।

उनलाई रुघा खोकी र ज्वरो आएका कारण गत असोज ३० गते प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो । कार्तिक १ गते उनको स्वाब लिइएको र सोही दिन साँझ कोरोना पोजेटिभको नतिजा आएपछी सघन उपचार कक्षमा राखी उपचार थालिएको भएपनी आज उनको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

Next Post

दैलेखमा बस दुर्घटना, एकको मृत्यु १४ घाइते

४ कार्तिक २०७७, मंगलवार १५:२९
  कर्तिक ४, दैलेख । दैलेखमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सुर्खेतबाट दैलेखको जम्वुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दुर्घटना हुँदा सवारी चालकको घटनास्थलमै मृत्यु भएको हो । कर्णाली राजमार्गको तल्लोडुङ्गेश्वर नजिकै सडकमा रोकिएको टिप्परमा बस ठोक्किदा वीरेन्द्रनगर नगरपालिका घर भएका चालक […]

सम्बन्धित