कंचनपुरमा दुई ब्यक्ति मृत फेला

  ।   २५ आश्विन २०७७, आईतवार १२:४३

असोज २५, कंचनपुर । 

कंचनपुरको छुट्टाछुट्टै स्थानमा दुई जनाको शब फेला परेको छ । जिल्लाको कृष्णपुर नगरपालिका र महाकाली नगरपालिकामा दुई जना मृत भेटिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले कृष्णपुर नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय रमेश राना र महाकाली नगरपालिका वडा नम्बर १ को पशुपति टोलकी ३५ वर्षकै तुलसीदेवी सुनार मृत भेटिएको बताए।

रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ भने सुनारको शव परीक्षणपछि आफन्तले बुझेका छन्।

उनीहरु दुवै जना झुण्डिएको अवस्थामा मृत भेटिएको बताउँदै प्रहरी नायब उपरिक्षक थापाले घटनाको अनुसन्धान भईरहेको जानकारी दिए।

Next Post

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

२५ आश्विन २०७७, आईतवार १२:४३
असोज २५ भरतपुर । कोरोना भइरसको संक्रमणबाट वडा अध्यक्षको मृत्यु भएको छ। भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो। उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए। उनको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका […]

सम्बन्धित