अनेरास्ववियु दैलेखको एकता प्रक्रिया सम्पन्न

  ।   २९ आश्विन २०७७, बिहीबार २०:२९

असोज २९, दैलेख । 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियु दैलेखले जिल्ला तहको एकता प्रक्रिया  टुङग्याएको छ । नेपाली विद्यार्थी आन्दोलनका दुई ठुला संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) दैलेखको एकता प्रक्रिया आज सम्पन्न भएको छ ।

अर्जुन कुमार बुढा संयोजक र हेमन्त कुमार दशौदी सह संयोजक रहेको अनेरास्ववियु दैलेखले ६१ सदस्यीय जिल्ला कमिटी चयन सङ्गै एकता प्रक्रिया टुङ्ग्याएको हो ।

नेकपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा जिल्ला पार्टी अध्यक्ष रबिन्द्रराज शर्मा, पार्टी सचिब प्रेम कटुवालको विशेष आतिथ्यतामा उक्त एकता प्रक्रिया सम्पन्न भएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य पुष्कर उपाध्यायले जानकारी दिए ।

Next Post

बलात्कार प्रयास गर्दा गयो ज्यान

२९ आश्विन २०७७, बिहीबार २०:२९
असोज २९, धनकुटा ।  बलात्कार प्रयास गर्ने पुरुषलाई एक महिलाले हत्या गरेकी छन् । धनकुटाको महालक्ष्मी नगरपालिका-१, स्थित आफ्नै घरमा सुतेकी ३० वर्षीया कमला गुरुङले बलात्कार प्रयास गर्ने स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् । धनकुटा प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक गोबिन्द अधिकारीका अनुसार स्थानीय लीलबहादुरले कमलालाई घरमा सुतेको अवस्थामा […]

सम्बन्धित