आज पहाडी भू-भागमा क्षणिक वर्षाको सम्भावना

  ।   २५ बैशाख २०८०, सोमबार ०७:२४

काठमाडौ । आज (सोमबार) देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराईका भू-भागमा सामान्य हावाहुरीको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Next Post

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

२५ बैशाख २०८०, सोमबार ०७:२४
बैशाख-२५, काठमाडौ । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट […]