भोलिको बैठकबाट मुख्यमन्त्री हटाइन्छ : सांसद बिष्ट

  ।   २६ आश्विन २०७७, सोमबार २१:५३

असोज २६, सुर्खेत ।

कर्णाली प्रदेश सभा सदस्य ठम्मरवहादुर विष्टले मुख्यमन्त्री शाही विरुद्ध संसदीय दलमा दर्ता गरिएको अविश्वासको प्रस्ताव भोली वस्ने नेकपा कर्णाली प्रदेश संसदीय दलको वैठकले पारित गर्ने वताएका छन्।

केन्द्रीय नेतृत्वले प्रस्ताव फिर्ता लिन दवाव दिईरहेको समाचार आईरहेको वेला सांसद विष्टले कहिकतैवाट दवाव नआएको भन्दै वजार हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारेका छन् । केन्द्र त्यति अविवेकी नभएको भन्दै दवाव आईहाले पनि दवाव झेल्न सक्ने आँट र सामर्थ्य आफुहरुमा रहेको उनले वताए । ‘हस्ताक्षरकर्ता सवैको आ–आफ्नो राजनीतिक ईतिहास र पार्टीमा ठूलो लगानी छ। विना सोचिसम्झी यो निर्णय गरिएको छैन,’ नेता विष्टले भने, ‘जनताको मतवाट विजयी बनेर आएका सांसद कुनै उपभोक्ता समितिमा रहेका जस्तो कमजोर पनि छैनन् ।’

मंगलबार वस्ने नेकपा कर्णाली प्रदेशको वैठकले मुख्यमन्त्री शाहीलाई हटाई छाड्ने उनले उद्घोष गरे । प्रस्तावको पक्षमा रहेका १८ जना कहिकतै तलमाथि नभएका भन्दै अरु सदस्यहरुपनि आफुहरुको सम्पर्कमा रहेको उनले वताए । ‘प्रस्तावको पक्षमा ठूलो संख्या छ, भोलीको वैठकमा त्यो देखिनेछ,’ सांसद विष्टले दावी गरे।

Next Post

डोजरले किचेर एक जनाको मृत्यु

२६ आश्विन २०७७, सोमबार २१:५३
मनोज डाँगी  असोज २६, रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा डोजरले किचेर एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ९ मलेगेनी खोला नजिकै सडक खन्ने क्रममा डोजर पल्टीएर किच्दा स्थानीय ३७ वर्षीय दिपेन्द्र ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रबक्ता तथा प्रहरी निरिक्षक हरी […]