रोल्पामा पहिरोमा परि दुई महिला पुरिए

  ।   ९ श्रावण २०८३, शनिबार २०:२५

पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमको दवाङ लेकमा गोठाला गएका दुई महिला पहिरोमा पुरिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो सवा १ बजेतिर दुई महिला पहिरोमा पुरिएका हुन् । उनीहरु गाईबाख्रा चराउन गएका थिए ।पहिरोमा केही पशुचौपाया पनि पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

पहिरोमा पुरिएका दुई महिलाको उद्धार‍पछि मात्रै सनाखत हुने स्थानीयले बताएका छन् । स्थानीयसहित इलाका प्रहरी कार्यालय पोवाङका प्रहरी वरिष्ठ नायब निरीक्षक सुविन शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ ।

घटनास्थल पुगेको प्रहरीले उद्धार कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक आरबी चन्दले बताए । घटनास्थलमा सुलिचौरस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अनिल चौधरीसहितको प्रहरी टोली पनि पुगेको छ ।

Next Post

मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

९ श्रावण २०८३, शनिबार २०:२५
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको शनिबारबसेको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । प्रदेशसभामा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता छ । असार ३२ गते नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कँडेलविरूद्ध संसद्‌मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । […]