प्रधानमन्त्री ओली भेट्न योगेश भट्टराई सुटुक्क बालुवाटारमा, कारबाही नगर्न आग्रह

  ।   ८ बैशाख २०७८, बुधबार १५:३१

काठमाडौं, ८ बैशाख ।

नेकपा (एमाले) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए । अध्यक्ष ओलीले ‘तपाईहरुलाई किन कारबाही नगर्ने ?’ भन्दै स्पष्टीकरण सोधेका थिए ।

उनले दुई दिनभित्र लिखित जवाफ पेश गर्न र पार्टीमा फर्किन चेतावनीसमेत दिएका थिए । लगत्तै, नेपाल पक्षधर सांसदहरु आन्तरिक छलफलमा जुटेका थिए । उनीहरुले ओलीले सोधेको स्पष्टीकरणको जवाफ व्यक्तिगत रुपमा दिने निश्कर्ष निकालेका थिए । र, नेपाल पक्षले आवश्यक परे कानूनी प्रक्रियामा पनि जाने बताईसकेको छ ।

अध्यक्ष ओली आक्रामक रुपमा प्रस्तुत भएका छन् । कतिपयले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको र उक्त प्रस्तावमा नेपाल पक्षधर सांसदहरुले कर्णालीमाजस्तै फ्लोर क्रस गर्ने सूचना पाएकोले माधव नेपाल पक्षधर सांसदहरुलाई कारबाही गर्न स्पष्टीकरण सोधिएको पनि टिप्पणी गरेका छन् ।

यही सेरोफेरोमा माधव नेपाल पक्षधर सांसद योगेश भट्टराईले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको खुलेको छ । स्रोतकाअनुसार बालुवाटारमा भएको करिब एक घण्टाको भेटवार्तामा सांसद भट्टर्राले कारबाही नगर्न र पार्टी एकताबद्ध बनाएर लैजान आग्रह गरेका थिए ।

Next Post

सल्यानमा भतिजले खाइदिए काकाको कान

८ बैशाख २०७८, बुधबार १५:३१
बैशाख ८, सल्यान । सल्यानमा आपसी विवादमा काका-भतिजाबीच झगडा हुँदा भतिजाले काकाको कान टोकेर खाइदिएको ईलाका प्रहरी कार्यालय लुहामले जनाएको छ। कालीमाटी गाउँपालिका-१ हिङनाउरे गाउँका ५६ वर्षीय काका धनबहादुर कुँवर र भतिजा खीमबहादुर कुँवरबीच झगडा भएको हो। गएराति ९ बजेतिर उनीहरूबीच झगडा भएको ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक […]