दैलेख प्रहरीद्वारा ५ सय ४३ लिटर घरेलु मदिरा नष्ट

  ।   २३ आश्विन २०७७, शुक्रबार १६:०५

असोज २३, दैलेख । 

दैलेख प्रहरीद्वारा जिल्लाका विभिन्न स्थानमा गरि ५ सय ४३ लिटर घरेलु मदिरा नष्ट गरिएको छ ।

चाड पर्बहरु नजिकिदै गर्दा सर्बसाधारणको सुरक्षालाई ध्यानमा राख्दै घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण नगर्नको लागि यस अघि नै सुचना जारी गरेको भएपनी जिल्लाका केही स्थानमा उक्त आग्रहलाई बेवास्ता गर्दै आएको खबर सुन्नमा आएकोले प्रहरीले विभिन्न स्थानमा चेकजाँच गर्दा भेटिएको मदिरा नष्ट गरिएको हो ।

बुधबार जिल्लाका चुप्रा, बैंक र बिनायकमा रानिमत्ता दैलेखबाट खटिएको प्रहरी टोलिले अबैध घरेलु मदिरा चेकजाँच गर्ने क्रममा उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ, ५ सय ४३ लिटर घरेलु मदिरा, १७ थान ड्रम, ३२ किलो मदिरा उत्पादन गर्न प्रयोग हुने औसधि बरामद गरि नष्ट गरिएको दैलेख प्रहरीले जनाएको छ ।

Next Post

अमेरिकी डिभी चिट्ठा खुल्यो, के छ प्रावधान ? पढ्नुहोस्

२३ आश्विन २०७७, शुक्रबार १६:०५
असोज २३,काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ। काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार गएको बुधबार नेपाली समयअनुसार राती ९:४५ बजे (अक्टोबर ७, २०२० ) बाट आवेदन खुला भएको हो। बुधबारबाट खुला भएको डिभी कात्तिक २५ (नोभेम्बर १०, २०२०) मा बन्द हुने छ। दूतावासले डिभी चिट्ठा भर्नका […]