मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

  ।   ९ श्रावण २०८३, शनिबार २०:३५

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको शनिबारबसेको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

प्रदेशसभामा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता छ । असार ३२ गते नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कँडेलविरूद्ध संसद्‌मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

उनी पहिलो पटक २०८० चैत २७ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनमा मुख्यमन्त्री बनेका थिए भने झण्डै ४ महिनापछि केन्द्रमा समिकरण परिवर्तन भएपछि कांग्रेसको समर्थनमा आधाआधा कार्यकाल भागबण्डा गरी दोस्रो पटक २०८१ साउन २१ गते दोस्रो पटक विश्वासको मत लिएर मुख्यमन्त्री बनेका थिए ।

अविश्वासको प्रस्तावमाथि आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका थियो । तर विश्वासको मत पाउने सम्भावना नभएपछि कँडेल मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य भएका हुन् ।

४० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १०, राप्रपा र अन्य १/१ जना सदस्य छन् । प्रदेशमा सरकार गठनका लागि २१ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

कर्णालीमा एमाले र कांग्रेसबीच २०८१ साउनदेखि सत्ता साझेदारी भएको थियो । तर सत्ता सहकार्यमा दुई दल एकमत हुन नसकेपछि असार ३१ मा सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका थिए । मन्त्रीले राजीनामा दिएको भोलिपल्ट नै कांग्रेसले नेकपासँग मिलेर मुख्यमन्त्रीविरूद्व संसद्‌मा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । अविश्वासको प्रस्तावमै कांग्रेसले संसदीय दलका नेता जीवनबहादुर शाहीलाइ नयाँ मुख्यमन्त्री बनाउने उल्लेख छ ।
कान्तिपुर बाट साभार

Next Post

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मङ्गलबहादुर शाही नियुक्त

९ श्रावण २०८३, शनिबार २०:३५
कर्णाली प्रर्देशा सरकारको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले नियुक्त भएका छन् । शाही आज कर्णालीको पाचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन् । नयाँ मुख्यमन्त्रीको दाबीका लागि आज बेलुका ५ बजेसम्म शाहीको नाम मात्रै दर्ता भएको हो । प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा […]