रुखको हाँगोले लागेर महिलाको मृत्यु

  ।   १७ बैशाख २०७८, शुक्रबार १२:३८

दैलेखमा रुखको हाँगाले लागेर एक महिलाको मृत्यु भएको छ ।  जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–५ तलिगाउँ निबासी ६८ वर्षीया जौमती जैसीको मृत्यु भएको हो । उनी स्याउला लिन आफ्नै बारीमा गएकी थिइन् ।

बिहीबार साँझ चलेको हावाहुरीका कारण शिरिसको रुखको हाँगा भाँचिएर लाग्दा उनको मृत्यु भएको चामुण्डाविन्द्रासैनी नगरपालिका–५ का वडाध्यक्ष नारायण रेग्मीले बताए ।

उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष रेग्मीले बताए । स्याउला संकलन गरेर भारी बोक्नै लाग्दा अचानक हाँगो भाँचिएर लाग्दा उनको मृत्यु भएको वडाध्यक्ष रेग्मीले बताए ।

Next Post

दैलेखमा चट्याङले लागेर दुई जना घाइते

१७ बैशाख २०७८, शुक्रबार १२:३८
बिनु भारती/दैलेख दैलेखमा चट्याङले लागेर दुई जना घाइते भएका छन् । नेकपा एमाले जिल्ला कमिटि दैलेखका सदस्य ४८ बर्षीय यामनारायण उपाध्याय र उनका पत्नि ४५ बर्षीया बसन्ता उपाध्याय घाइते भएका हुन् । आज बिहान नारायण नगरपालिका–६, काँडाचौरस्थित घरको आँगनमा बसिरहेका बेला चट्याङले लागेर यामनारायण र बसन्ता घाइते भएको र दुवै […]