कर्णाली प्रर्देशा सरकारको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले नियुक्त भएका छन् । शाही आज कर्णालीको पाचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन् । नयाँ मुख्यमन्त्रीको दाबीका लागि आज बेलुका ५ बजेसम्म शाहीको नाम मात्रै दर्ता भएको हो ।
प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई आज साँझ ५ः०० बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उक्त आह्वान गरेका हुन् । शनिबार मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका थिए ।
शाही आइतबार काठमाडौँ गएका थिए । शीर्ष नेतृत्वसँग भेट गरी उनी मंगलबार बिहान ८ बजेको विमानमार्फत सुर्खेत फर्किएका फर्किएका हुन् । नेकपा एमाले र नेकपाबिच प्रदेशमा सत्ता समीकरण भएसँगै कर्णाली नेकपाको भागमा परेको थियो । यता एमाले संसदीय दलका नेता यामलाल कँडेल पनि आइतबार काठमाडौँ गएर सोमबार मात्रै सुर्खेत फर्किएका थिए ।
