मध्यरातमा डा. केसी र सरकारबीच ८ बुँदे सहमति : ९ बजे अनशन तोड्ने

  ।   २५ आश्विन २०७७, आईतवार ०६:५५

काठमााडौं : चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । सहमति अनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आइतबार बिहान साढे ९ बजे अनशन तोड्दै छन् ।

बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएको थियो । शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

डा. केसी ६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो।

स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।  उनी अनशन बसेको २८ दिन पुगेको छ।

Next Post

विद्यालयका शिक्षक कि ? पार्टीका कार्यकर्ता ?

२५ आश्विन २०७७, आईतवार ०६:५५
रमेश सुनार । कालीकोट जिल्लामा विभिन्न स्थानीय तहमा स्रोत व्यक्तिका रुपमा काम गर्दै आएका शिक्षकलाई नागरिकले शिक्षक हुन या पार्टीका कार्यकर्ता हुन् भनि ठम्याउन गाह्रो परेको छ । आफ्नो काम कर्तव्य र अधिकारलाई विर्सेर स्रोत व्यक्तिहरु सक्रिय राजनीतिमा लागेपछि यहाँका नागरिकलाई ठम्याउन गाह्रो भएको हो । अहिले सामुदायिक विद्यालयको शिक्षा […]