सेनाका सिपाईले गुमाए अभ्यासकै क्रममा ज्यान

  ।   ११ असार २०८३, बिहीबार २१:१९

बिष्णु कुमार शाही
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक सिपाइको  ज्यान गएको छ भने एक सहसेनानी घाइते भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ गोराङ्गे स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार गम्भीर घाइते भएका विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो करिब १२ बजे मृत्यु भएको हो। विस्फोटका क्रममा विष्टको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेका थिए।

सोही घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। जोशीको अवस्था सामान्य रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ पठाइएको डीएसपी तिमिल्सिनाले बताए।

बिहीबार बिहान ९ः१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएको टोली अभ्यासमा संलग्न रहँदा उक्त दुर्घटना भएको जनाइएको छ।

Oplus_131072

Next Post

रास्वपाले प्रस्ट्याउन नसकेको वैचारिकी

११ असार २०८३, बिहीबार २१:१९
राजनीतिक दलसँग महिला, दलित, उत्पीडित वर्ग र समुदायको मुक्तिको स्पष्ट वैचारिक दृष्टिकोण हुनुपर्छ । तर, रास्वपा अधिवेशनको दस्ताबेजले यो वर्ग, लिंग र समुदायको अधिकार सुनिश्चित गर्ने कुनै वैचारिकी प्रस्तुत गर्न सकेको छैन । रास्वपा छोटो समयमा ठूलो दलका रूपमा उदाए पनि महाधिवेशनले कुनै नवीन वैचारिकी वा स्पष्ट राजनीतिक दृष्टिकोण प्रस्तुत […]