दैलेखका चारओटा स्थानीयतहका स्वास्थ्य संस्थाहरुको स्तोरन्नती गरिने

  ।   २१ आश्विन २०७७, बुधबार १६:४७
पंख बहादुर शाही
असोज २१, दैलेख ।
चालु आर्थिक बर्षमा दैलेखका चारओटा स्थानीयतहका स्वास्थ्य संस्थाहरुको स्तोरन्नती गरिने भएको छ । स्तोरन्नतीका लागि संघीय सरकारले रकम समेत विनियोजन गरिसकेको छ । चारओटा स्थानीयतहका स्वास्थ्य संस्थाको शैया स्तोरन्नतीका लागि करिब ४ करोड बराबर रकम संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विनियोजन गरेको जनाएको छ ।
भदौ एक गते मन्त्रालयले गरेको निर्णय अनुसार जिल्लाका महावु गाउँपालिका, नौमुले गाउँपालिका, गुराँस गाउँपालिका तथा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा रहेको स्वास्थ्य सँस्थाहरुको स्तोरन्नती गरिने भएको दैलेखबाट निर्वाचित प्रतिनिधि सभा सांसद पार्वती विशुन्केले जानकारी गराईन् ।
‘ जस अन्तर्गत महावु गाउँपालिकाको गैडाबाज स्वास्थ्य चौकीलाई १० शैया थप गर्नका लागि लागि रु. ८५ लाख रकम विनियोजन भएको छ । यस्तै गुराँस गाउँपालिकाको रतिखोला स्वास्थ्य चौकी, नौमुले गाउँपालिकाको नौमुले प्राथमिक स्वास्थ्य चौकी र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको लयाटीबिन्द्रासैनी स्वास्थ्य चौकीलाई थप १५÷१५ शैयाको स्वास्थ्य सँस्थाको रुपमा विकास गर्नका लागिरु. १ करोडको दरमा रकम विनियोजन भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
‘ कोरोना महामारी सँगै स्थानीय स्तरमा भएका स्वास्थ्य संस्थाहरुको स्तोरन्नती गरी थप नागरिकहरुलाई स्वास्थ्य सेवाको सहज पहुँचमा पु¥याउन् सकिने छ ।

Next Post

अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन थपिए ३ हजार ४३९ कोरोना संक्रमित

२१ आश्विन २०७७, बुधबार १६:४७
२४ घण्टामा १ हजार १२६ जना कोरोना संक्रमित डिस्चार्ज काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म […]