बिष्णु कुमार शाही
गए राति परेको अविरल वर्षाका कारण दैलेख जिल्ला ठाँटीकाँध गाउँ पालिका वडा नं ४ गैरेगाउका ४२ वर्षिया दान बहादुर कठायत को घर भत्किएको छ भने मानबिय र चौपायाको क्षेति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ |
घर पूर्ण रुपमा क्षेति हुनुको साथै घरभित्र भएका लत्ता कपडा अन्नपात भाडाकुडा लगाएत एक भैसी घाइत्य भएको
सम्पूर्ण सामान पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी प्रहरी नायब उपरिक्क्षक् क्षवण कुमार बिकले बताउनु भयो |
वर्षाका कारण आज बिहाना करिब ७ बजेतिर घर भत्किदा मानबिय क्षेति नभएको हो | घर भत्किदा घरमा दान बहादुरको परिवार ३२ वर्षिया दुधा कठायत मात्रै रहेको दान बहादुर कामको सिलसिलामा डोल्पा गएको २२ दिन भएको र छोरा छोरी पढाईकोसिलसिलामा सुर्खेत रहेको स्थानीय शिक्षक गोकर्ण कठायतले बताउनु भयो | घर भत्किदा परिवार अहिले बिचल्लीमा परेको छ . ओत लाग्ने समेत अबस्था नभएकाले गाउलेको घरमा बस्नुपर्ने बाध्यता भएको स्थानिएले बताएका छन् |
दैनिक मजदुरी गरेर छोराछोरीको पठन पाठन र घरपरिवारको खर्चको जोहो गरि खाने दान बहादुरको परिवार भर भत्किदा पिडामा परेका छन् . पाचा जना घरपरिवार भएका दान बहादुरका दुइ छोरा एक छोरी कोठा लिएर सुर्खेत पड्दै गरेका र दान बहादुर रोपाइँ गरि सिद्द्याएर मजदुरीको लागि डोल्पा गएको २२ दिन जति भएको घरमा उनको परिवार मात्र रहेको दान बहादुरका भाइ पर्ने स्थानीए शिक्षक गोकर्ण कठायतले कर्णाली प्लसलाई बताउनु भयो |
मजदुरी गरेर घरपरिवारको गुजारा गरिरहेका दाइलाइनै यो बर्जपात पर्यो उनले भने | एक्लो दान बहादुरको कमाइले घर खर्च चलाउन नै धौ धौ भैरहेकै बेला दैबी प्रकोपले पनि उनलाई छोडेन उनले भने . बालबच्चाको पढाई खर्च र घर खर्च धानोस की घर बनाओसा समस्यामा परेको उनले बताए |
