धेरै पटक मौन रहेँ, तर अब त अत्ति भयो : गगन थापा

  ।   २४ बैशाख २०८०, आईतवार २१:२०

बैशाख-२४, काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको निर्णय र पद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको तर अब अति भएको बताएका छन् ।

आइतबार फेसबुकमा उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको बताएका हुन् ।

उनले कुनै निश्चित घटना उल्लेख गरेका छैनन् । तर पार्टीका निर्णय मन नपरेको, आफूले राखेका कतिपय विषयले प्रवेश नै नपाएको बेला प्रतिरोध गर्न मन लाग्दा पनि रोकिएको बताएका छन् ।

‘ तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’ उनले फेसबुकमा लेखेका छन् ।

Next Post

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

२४ बैशाख २०८०, आईतवार २१:२०
बैशाख-२५, झापा । झापामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्। कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा डेरा गरी बस्ने ४५ वर्षीया सुनिता कार्कीको कुटपिटबाट उनका श्रीमान् ५३ वर्षीय टेकबहादुर कार्की मृत्यु भएको हो। घटना बैशाख ८ गते बेलुका घटेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। प्रहरीका अनुसार  घरायसी […]