मौसम पूर्वानुमान्: पहाडी भूभागमा पानी पर्ने, हिमाली भेगमा हिमपातको सम्भावना

  ।   २९ आश्विन २०८०, सोमबार ०७:१०

कर्णालीलाइभ समाचारदाता ।

असोज-२९, काठमाडौं ।

यस वर्षको मनसुन आइतबार नेपाल बाट बाहिरिएको छ।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको हो।

जेठ ३१ (जुन १४) मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रह्यो।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार मनसुन बाहिरएपछि हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

हाल देशभर आंशिक देखी  सामान्य बदली रहेको छ।

आज दिउँसो  देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार  सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बांकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।

आज राति  सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूर-पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका ‍एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

Next Post

टिकटकमाथि कडाईं गर्दै सरकार, अव यी काम नरोके सिधै पुगिन्छ जेल

२९ आश्विन २०८०, सोमबार ०७:१०
कर्णालीलाइभ समाचारदाता  । कार्तिक-१९, काठमाडौ । सरकारले टिकटकलगायत सामाजिक सञ्जालमाथि कडाईं गर्ने निर्णय गरेको छ । टिकटकका प्रतिनिधिसहित सुरक्षा अधिकारीहरुको गृह मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयले आज बिज्ञप्ति जारी गरी सामाजिक सदभाव बिगार्ने र चरित्र हत्या गर्ने गरी टिकटक बनाएको पाइएमा स्वतः हटाउने र कानूनी […]