टिकटकमाथि कडाईं गर्दै सरकार, अव यी काम नरोके सिधै पुगिन्छ जेल

  ।   १९ कार्तिक २०८०, आईतवार १८:१९

कर्णालीलाइभ समाचारदाता  ।

कार्तिक-१९, काठमाडौ ।

सरकारले टिकटकलगायत सामाजिक सञ्जालमाथि कडाईं गर्ने निर्णय गरेको छ । टिकटकका प्रतिनिधिसहित सुरक्षा अधिकारीहरुको गृह मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालयले आज बिज्ञप्ति जारी गरी सामाजिक सदभाव बिगार्ने र चरित्र हत्या गर्ने गरी टिकटक बनाएको पाइएमा स्वतः हटाउने र कानूनी दायरामा समेत ल्याउने निर्णय भएको जनाएको छ ।

‘टिकटकमार्फत सामाजिक सदभाव बिगार्ने, घृणा तथा बिद्वेस फैलाउने, बिशिष्ट ब्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सदभाव बिगार्ने र अश्लिल खालका गतिबिधि तथा सामाग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने ब्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन आवश्यक भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ ।

भट्टराईका अनुसार टिकटकको कार्यालय सिंगापुरका प्रतिनिधि, गृह, सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय र सुरक्षा निकायसहित बसेको बैठकले टिकटकमा आपत्तिजनक सामाग्री पोष्ट भइरहेको निश्कर्ष पनि निकालिएको छ ।

गृह मन्त्रालयले अव टिकटकको नाममा भइरहेको आपत्तिजनक कार्यलाई छुट नदिने भन्दै बिज्ञप्तिमा भनेको छ, ‘अतः जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामुलक र सामाजिक सदभाव नबिगार्ने सामाग्री मात्र प्रकाशन, प्रशारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेबापत हुने कानूनी कारवाहीबाट बच्न पनि सम्बन्धित सवैमा अनुरोध गरिन्छ ।’

बिज्ञप्ति …..

Next Post

अभिनेत्री दिपाशा बिसीको निधन

१९ कार्तिक २०८०, आईतवार १८:१९
कर्णालीलाइभ समाचारदाता । कार्तिक-२३, काठमाडौ । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज महसुस भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित […]