सार्वजनिक सवारीमा सबै सिटमा यात्रु बोक्न पाइने , भाडा पनि पुरानै लागु हुने

  ।   २६ आश्विन २०७७, सोमबार २३:१४

असोज २६, काठमाडौ ।

सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो । तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् ।

अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ ।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ।@अनलाइन खबर

Next Post

पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण

२६ आश्विन २०७७, सोमबार २३:१४
काठमाडौँ,असोज २७ गते ।  नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ५ सय ७७ को पीसीआर गर्दा आज ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ […]