पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण

  ।   २७ आश्विन २०७७, मंगलवार १७:०४

काठमाडौँ,असोज २७ गते । 

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ५ सय ७७ को पीसीआर गर्दा आज ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । जसमध्ये ३५ हजार ९ सय १९ जना सक्रिय संक्रमित हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ संक्रमित उपचारपछि निको भएका छन् । यो सहित निको हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।

आज १८ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ ।

Next Post

पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा कोरोनाबाट नौ जनाको मृत्यु

२७ आश्विन २०७७, मंगलवार १७:०४
असोज २९, विराटनगर । विभिन्न अस्पतालमा उपचाररत र होम आइसोलेसनमा गरी पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा कोरोना भाइरस संक्रमित नौ जनाको मृत्यु भएको छ ।  प्रदेशभित्र एकै दिनमा कोरोनाका कारण मृत्यु भएको यो संख्या अहिलेसम्मकै धेरै हो । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पाँचजना, विराटनगरको कोशी अस्पताल कोभिड–१९ […]

सम्बन्धित