वन मुद्दामा फरार २ जना पक्राउ

  ।   २२ मंसिर २०७७, सोमबार ०९:०६

मंसिर २२, दैलेख ।

दैलेख प्रहरीले वन मुद्दामा फरार दुईजनालाई आइतबार पक्राउ गरेको छ । भैरवी गाउँपालिका-२ का ३७ वर्षीय उदयराम महतरा र ४७ वर्षीय राजाराम थापालाई प्रहरीले पक्राउ गरेको हो ।

फरार दुईजनालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ । दैलेख जिल्ला अदालत दैलेखको लगत नम्बर ८७८ को वन मुद्दामा उनीहरु फरार भएका थिए ।

#तस्वीर : जिल्ला प्रहरी कार्यालय दैलेख ।

Next Post

रुसमा ९६ बर्षदेखी सुरक्षीत छ लेनिनको शव

२२ मंसिर २०७७, सोमबार ०९:०६
रुसी क्रान्तिका सबैभन्दा ठूलो नायक भ्लादमिर लेनिनको अगुवाइमा रुसमा जार शासनको अन्त्य भएको थियो । उनकै नेतृत्वमा रुसी क्रान्तिपछि सन् १९२२ मा सोभियत संघको स्थापना भयो र विश्व महाशक्ति बन्यो । सन् १९२४ मा लेनिनको मृत्यु भयो । तर लेनिनको मृत्यु भएको ९६ वर्ष भैसक्दा पनि उनको शव अहिलेसम्म सुरक्षित […]

सम्बन्धित