सरकारले अब कोरोना बिमा नगर्ने

  ।   १८ बैशाख २०७८, शनिबार ११:३४

काठमाडौं ।

सरकारले अब कोरोना बीमा नै नगर्ने भएको छ । एक वर्षका लागि जारी गरिएको बीमालेखको अवधि पुरा भएकोले नयाँ बीमालेख जारी नगर्ने बीमा समितिले जनाएको छ ।

पहिलो बीमालेख चैत मसान्तमा सकिएको र दोस्रो बीमालेख असार मसान्तमा सकिन लागेकोले नयाँ बीमा नगर्न लागिएको हो । चैत मसान्तसम्म कोरोना संक्रमण भएर मागदाबी गरेका र प्रक्रिया पुरा भएकाहरुले भने भुक्तानी पाउने समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए ।

हालसम्म ६ अर्ब ६४ करोड ५२ लाख ७५ हजार बराबरको कोरोना बीमा प्रमाणित भएको समितिले जनाएको छ । १३ हजार ९ सय ६२ माग दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणीकरणका लागि पठाइएको छ । सरकारले थप रकम नदिएको भन्दै बीमा कम्पनीहरुले कोरोना बीमा दाबी भुक्तानीमा ढिलाइ गरिरहेका छन् । कागजात पुरा भए पनि कोरोना बीमा पाउन कम्पनीहरुले सास्ती दिने गरेको आरोप सर्वसाधारणले लगाउँदै आएका छन् ।

Next Post

लुम्बिनीको विशेष अधिवेशन आजदेखि, अविश्वास प्रस्तावमा भोलि मतदान, विपक्षीलाई `फ्लोर क्रस´ कै आश

१८ बैशाख २०७८, शनिबार ११:३४
  वैशाख १९, बुटवल । विपक्षी दलहरूको निवेदन अनुसार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार (आज) देखि सुरु हुँदैछ । विशेष अधिवेशनले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्ताव टुंगो लगाउने छ । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे बस्ने […]