जिल्ला अस्पताल दैलेखको गाडी प्रहरी नियन्त्रणमा

  ।   १४ फाल्गुन २०७७, शुक्रबार १८:४६

फागुन १४, सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) दैलेखको गाडी नियन्त्रणमा लिएको छ । कागजातमा त्रुटी रहेको सूचनाको आधारमा छानविनका लागि नियन्त्रणमा लिएको हो ।
बा १ झ ५७५७ नम्बरको बोलेरो जीप शुक्रबार दिउँसो एक बजे प्रहरीले नियन्त्रणमा लिएको जिप्रका सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।
गाडीको इन्जिन, चेसिस नम्बर र गाडी नम्बर फरक रहेको छ भने उक्त गाडीको साथमा कुनैपनि कागजात नभएको जनाइएको छ । उक्त गाडी मध्य तथा सुदुरपश्चिमाञ्चल क्षेत्रिय कार्यालय कोहलपुर बाँकेबाट भन्सार ऐन बमोजिम जफत गरि जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई उपलब्ध गराइएको अर्थमन्त्रालयले पत्र दिएको छ तर उक्त पत्रमा उल्लेख गरिएको इन्जिन र चेसिस नम्बर रुजु गर्दा नमिलेको प्रहरी स्रोतको भनाई छ ।
कागजी प्रक्रिया नमिलेको कारण प्रहरीले नियन्त्रणमा राखेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थीर प्रसाद रेग्मीले बताए ।
‘लामो समयदेखि यही नम्बरको गाडी चलाइरहेका छौं’ उनले भने, ‘अहिलेसम्म कसरी चलिरहेको हो उक्त विषयमा मलाई जानकारी भएन ।’ @dullukhabar.com

Next Post

दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु

१४ फाल्गुन २०७७, शुक्रबार १८:४६
दार्चुला :  शनिबार साझ दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक करन नाथ, गाडीधनी पदम पन्त र पन्तकी आमा सुनादेवी पन्त रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहरप्रसाद भट्टले जानकारी दिए। गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको बा ३ ज १६९३ नम्बरको […]