भेरी अस्पतालका कर्मचारीसहित १५ जना विरूद्ध अख्तियारद्धारा भ्रष्टाचार मुद्दा

  ।   २२ आश्विन २०७७, बिहीबार १७:४५

नेपालगन्ज

असोज २२,

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगन्जमा कार्यरत कर्मचारी सहित १५ जना विरूद्ध बिशेष अदालतमा बिहीबार भष्ट्राचार मुद्दा दर्ता गरेको छ । जसमा अस्पतालका कर्मचारीदेखि सामान खरिदका क्रममा कमिशन लिने र दिने फर्म तथा व्यक्ति हुँदै कतिपय पसलेसम्म परेको अख्तियारले बताएको छ । तर, अख्तियारले सबैको नाम भने सार्वजनिक गरेको छैन् ।

भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेक समेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले अस्पतालमा गत साउन ८ गते अस्पतालको स्टोर शाखाको कार्यालयमा छापा मारेको थियो ।

अस्पतालको स्टोर शाखाको समेत जिम्मेवारी सम्हाल्दै आएका कम्प्यूटर अपरेटर अरूण राज खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रूपैयाँ अख्तियारले स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अख्तियारले अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगञ्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्री समेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगञ्जमा आर्थिक बर्ष ०७६÷०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट लाख १३ हजार ७० बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिएको पाइएको प्रमाण सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियुक्तहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०) तथा दफा ६ बमोजिमको कसुर गरेको स(प्रमाण पुष्टि भएको हुँदा निज माधव प्रसाद आचार्य, अरूणराज खनाल, ईन्द्र बहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो १९ लाख १३ हजार ७० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० र दफा ३ को उपदफा १० को खण्ड (च) बमोजिम सजाय हुन र बरामद नगद १६ लाख १३ हजार ९ सय ७५ बिगो छ ।

यसैगरी बरामदी मुचुल्का तथा निवेदनसाथ दाखिला भएका एक लाख छैसठ्ठी हजार मूल्यका मोवाईल थान तीनसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिम जफत हुन र अपुग बिगो एक लाख बत्तीस हजार पाँच सय पन्चानब्बे सोही ऐनको दफा ३ को उपदफा १० बमोजिम असुल गरी जफत हुन समेत मागदाबी लिइएको छ ।

 

Next Post

जाजरकोट जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

२२ आश्विन २०७७, बिहीबार १७:४५
असोज २२, जाजरकोट । जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या सात पुगेको छ । विहीबार जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले दिए । घटना स्थलमा बुधवार नै वडा अध्यक्षसहित ६ जनाको शव भेटिएको […]