तलको बक्समा प्रीति फन्टका अक्षरहरु लेख्नुहोस् वा पेस्ट गर्नुहोस्:

  ।   ८ असार २०८३, सोमबार १०:००

फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराएको छ। पहिलो गोल गरेर सुरुवाती अग्रता लिएको न्युजिल्यान्डलाई इजिप्टले ३-१ ले हराएको हो।

इजिप्टले विश्वकप इतिहासमै आइतबार आफ्नो ऐतिहासिक जित आत्मसात् गरेको छ । दोस्रो हाफको तीन गोलको मद्दतले इजिप्टले भ्यान्कुभरको बीसी प्यालेसमा जारी विश्वकप २०२६ को समूह ‘जी’ को खेलमा उत्कृष्ट पुनरागमन गर्दै न्युजिल्यान्डलाई ३–१ ले हराएको हो ।

इजिप्टले विश्वकपको एकै खेलमा तीन गोल गरेको पनि यो पहिलो पटक हो । यो जितपछि इजिप्ट समूहको शीर्ष स्थानमा उक्लेको छ र उसको दुई खेलबाट चार अंक भएको छ । न्युजिल्यान्ड भने एक अंकमा सीमित रहेर चौथो स्थानमा झरेको । यसबीच इरान र बेल्जियम दुई दुई अंकमा रहेका छन् ।

न्युजिल्यान्डले खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो । फिन समनले कर्नरमा प्राप्त बललाई हेड गर्दै गोल गरेका हुन् । टिम पायनको कर्नरलाई उनले गोलमा परिणत गरेका हुन् । मोस्टफा जिकोले खेलको ५८ औं मिनेटमा नजिकको दूरीबाट शक्तिशाली हेडिङमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

मोहमद सलाहले ६७ औं मिनेटमा पेनाल्टी एरियामा प्राप्त बललाई गोलमा परिणत गरेपछि इजिप्ट पहिलो पटक खेलमा अगाडि रह्यो । खेलको ८२ औं मिनेटमा सब्टिच्युट खेलाडीका रूपमा मैदान छिरेका ट्रेज्ग्वेटले डाइभिङ हेडरको मदतले उत्कृष्ट गोल गरे र इजिप्टको जित निश्चित गरे ।

Next Post

सुर्खेत बाट एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ

८ असार २०८३, सोमबार १०:००
एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । उनलाई विभागको पक्राउ पुर्जीको आधारमा सुर्खेत प्रहरीले पक्राउ गरेको हो । कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटाका […]

सम्बन्धित