युवाद्वारा अलपत्र यात्रुलाई निःशुलका भोजन

  ।   १२ भाद्र २०८३, शुक्रबार ०९:४४

पृथ्वी राजमार्गमा यातायातका साधन रोकिँदा अलपत्र परेका यात्रुहरूका लागि गजुरीका युवाहरूले निःशुल्क भोजनको व्यवस्था गरेका छन् ।

राजमार्गमा रोकिएका यात्रुहरूलाई लक्षित गरी युवाहरूले आज बिहान गजुरी बिगमार्टको प्राङ्गणमा निःशुल्क भोजन गराएका छन् । बिहानको भोजनमा २६० जनाभन्दा बढी यात्रु सहभागी भएको मिलन डल्लाकोटीले जानकारी दिए ।

आज पनि पृथ्वी राजमार्ग खुल्ने सम्भावना नदेखिएपछि बेलुकाका लागि समेत निःशुल्क भोजनको व्यवस्था गरिएको डल्लाकोटीले बताए । उनले राजमार्गमा रोकिएका यात्रुहरूलाई बेलुकाको भोजन कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

भोटेकोसीमा आएको बाढी तथा सडक र पुलमा पुगेको क्षतिका कारण हिजोदेखि नै पृथ्वी राजमार्गमा सयौँ सवारीसाधन रोकिएर यात्रुहरू अलपत्र पर्न बाध्य भएका छन् ।

लामो समयसम्म राजमार्गमा रोकिएका यात्रुहरूलाई खानाको समस्या नहोस् र विपद्को समयमा केही सहज होस् भन्ने उद्देश्यले गजुरी बिगमार्टको प्राङ्गणमा निःशुल्क भोजनको व्यवस्था गरिएको डल्लाकोटीले बताए ।

विपद्को समयमा यात्रु तथा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले स्थानीय युवाहरूले स्वस्फूर्त रूपमा थालेको यो अभियानमा गजुरीका युवाहरूको उल्लेख्य सहभागिता रहेको छ ।

Next Post

रसुवा बाढी अपडेट : अहिले सम्म ४६९ जनाको शव फेला, खोजी तथा उद्धार कार्य जारी

१२ भाद्र २०८३, शुक्रबार ०९:४४
बुधवार रसुवा जिल्लामा आएको भोटेकोशी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म दिएको विवरण अनुसार विभिन्न जिल्लाबाट कुल ४६९ जनाको शव फेला पारिएको छ। फेला परेका शवहरूको विवरण अनुसार रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, न.प.पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र […]