रसुवा बाढी अपडेट : अहिले सम्म ४६९ जनाको शव फेला, खोजी तथा उद्धार कार्य जारी

  ।   १२ भाद्र २०८३, शुक्रबार १०:२८

बुधवार रसुवा जिल्लामा आएको भोटेकोशी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ।

नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म दिएको विवरण अनुसार विभिन्न जिल्लाबाट कुल ४६९ जनाको शव फेला पारिएको छ। फेला परेका शवहरूको विवरण अनुसार रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, न.प.पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र न.प.पश्चिममा २७ जना रहेका छन्।

घटनामा परेर घाइते तथा उद्धार गरिएकाहरूको संख्या एक हजार ५४५ पुगेको छ। यसमध्ये रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङमा तीन जनाको उद्धार भएको छ। साथै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या ८४ रहेको छ।

बाढी प्रभावित क्षेत्रमा हालसम्म चार हजार ३४८ जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।

 

Next Post

आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै

१२ भाद्र २०८३, शुक्रबार १०:२८
श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधिअनुसार मनाइँदै छ । सत्य युगदेखि चलिआएको यो पर्वमा आध्यात्मिक शुद्धीकरण र आत्मरक्षाका लागि विभिन्न अनुष्ठानहरू गरिन्छ । आजको दिन बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी र जलाशयमा स्नान गरी सप्तऋषि तथा प्रजापति ऋषिहरूको पूजा–अर्चना गर्ने गर्दछन् […]