एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी

  ।   ९ असार २०८३, मंगलवार २२:१३

नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैरकानुनी र पूर्वाग्रहप्रेरित रहेको निष्कर्ष निकालेको छ। मङ्गलबार साँझ बालकोटमा बसेको सचिवालय बैठकले पौडेललाई विनाशर्त रिहाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकले पौडेललाई थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने माग न्यायोचित नभएको ठहर गरेको छ। नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैरकानुनी भन्दै आग्रह पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो ।

मङ्गलबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए
‘उपाध्यक्ष पौडेलको पक्राउ गैरकानुनी र पुर्वाग्रहप्रेरित छ भन्ने बैठकले निष्कर्ष निकालेको छ’, नेता भट्टले भने, ‘आज जुन अदालतबाट जुन खालको अपेक्षा गरेका थियौ । उहाँलाई थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने होइन । त्यो न्यायोचित पनि होइन । विनाशर्त रिहाइ गर्नुपर्छ भन्ने बैठकको निस्कर्स छ उनले भने ।’

एमाले बैठक

Next Post

मन्त्रीलाई सचिवस्तरका सल्लाहकार, स्वकीय सचिवालयमा ९ जना सदस्य

९ असार २०८३, मंगलवार २२:१३
काठमाडौं — मन्त्रालयको संख्या कटौती गरेको सरकारले राज्यलाई थप व्ययभार थपिने गरी मन्त्रीले सचिवस्तरका सल्लाहकारसहित ९ सदस्यीय स्वकीय सचिवालय नियुक्त गर्न पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब प्रत्येक मन्त्रीले ३ देखि ५ जनासम्म विशिष्ट श्रेणी (सचिवसरह) का सल्लाहकार नियुक्त गर्न पाउने छन् भने प्रमुख स्वकीय सचिवसहित ९ […]

सम्बन्धित