
असोज ३०, सुर्खेत ।
कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
गुर्भाकोट नगरपालिका-२ सुर्खेत निवासी २२ बर्षिय एक युवकको मृत्यु भएसङ्गै यहाँ मृत्यु हुनेको संख्या १२ पुगेको हो । आफ्नो ठुलोबुवाको घरमा बसेर अध्ययन गर्दै गरेका उनी गत २८ गते शौचालयबाट धेरै समय सम्मपनि न आएपछी खोलेर हेर्दा मुखबाट फिँज निकालेर ढलेको अबस्थामा फेला परेको बताइएको छ ।
सुरुमा गाउँ घरमै धामी झाक्रीको खोजिमा लागिएको र पछि उनको स्वास्थ्य स्थिति झन झन बिग्रीदै जान थालेकोले उपचारार्थ देउती अस्पताल सुर्खेतमा ल्याइएको थियो । देउती अस्पतालबाट समेत प्रदेश अस्पताल सुर्खेत मा रेफर गरिएको र आकस्मिक कक्षमा राखेर उपचार गरिएपनी निको नभइ हिजो २९ गते उनको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ आएको पनि सामाजिक बिकास मन्त्रालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । कर्णाली प्रदेशमा यसअघि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ रहेको थियो ।
