भाइले गरे दाइको हत्या

  ।   ३० आश्विन २०७७, शुक्रबार १७:४९

सल्यान, असोज ३० ।

सल्यानमा आफ्नै भाइले दाइको हत्या गरेका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न १० थापाचौर बस्ने २१ वर्षीय भाइ देवीलाल पुनले आफ्नै २४ बर्षिया दाइ अमर पुनको हत्या गरेको वडाअध्यक्ष मानसिंह पुरीले जानकारी दिए । घरको सामान्य बिवादका कारण झगडा हुँदा दाउरो प्रहार गरेर भाइले दाइको हत्या गरेको जनाइएको छ ।

बिहीबार साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैँको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अबस्थामा आज भेटिएको जनाईको छ । घटनाका बारेमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरी टोली घटना स्थलमा पुगेपछि थप वितरण आउने प्रहरी प्रमुख, डिएसपि गोबिन्द थापा क्षेत्रीले जानकारी दिएका छ्न् । हत्याका आरोपी भाइ अहिले फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

Next Post

खनाल अस्पतालबाट डिस्चार्ज

३० आश्विन २०७७, शुक्रबार १७:४९
३० असोज, काठमाडौं ।  स्वास्थ्य अवस्थामा सुधार आएपछि पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । रक्तचाप बढेपछि बुधबार ह्याम्स् अस्पताल भर्ना भएका खनाल आज(शुक्रबार) डिस्चार्ज भएका हुन् । सामाजिक सञ्जालमा लेख्दै खनालले डाक्टरहरूको निरन्तरको राम्रो उपचार पछि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् […]