३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ,

  ।   २५ जेष्ठ २०८३, सोमबार २०:४५

धनगढी: सुदूरपश्चिम प्रदेशमा मन्त्रि मण्डल हेरफेर गरिएको छ | प्रेदेश  सरकारमा नेपाली काँग्रेसबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नियुक्त भएका उनीहरूलाई मन्त्रालयको जिम्मेवारी समेत तोकिएको छ।

नवनियुक्त मन्त्रीमध्ये बिक्रमसिंह धामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्। बेलबहादुर रानालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री नियुक्त भएका छन्।

यस्तै, जुना दानीलाई आर्थिक मामिला राज्यमन्त्री तथा मधु भारतीलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।काँग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि गरिएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। नयाँ मन्त्री र राज्यमन्त्रीको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको असन्तुष्ट पक्षले समेत प्रतिनिधित्व पाएको छ।

Next Post

गृहमन्त्रीमा पुन सुधन गुरुङ, आजै शपथ

२५ जेष्ठ २०८३, सोमबार २०:४५
काठमाडौँ । गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त हुने भएका छन् । उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । यस अगी गृहमन्त्री भैसकेका गुरुङ व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा […]